NIMB Header 2
Nepal Life

भारत–नेपाल सीमापार भुक्तानी प्रणाली सञ्चालनमा महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच समझदारी

Citizen Life
  • BFIS News
  • 2025 Aug 03 17:00
भारत–नेपाल सीमापार भुक्तानी प्रणाली सञ्चालनमा महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच समझदारी
National Life

काठमाडौं, साउन १८।  महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच भारत–नेपाल सीमापार वित्तीय सेवा प्रवर्द्धन गर्ने उद्देश्यसहित समझदारी सम्झौता सम्पन्न भएको छ।

NIMB

उक्त समझदारीअनुसार, महालक्ष्मी विकास बैंकले भारतबाट नेपालमा सिधा भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ। यो सुविधा उपलब्ध गराउने पहिलो विकास बैंकका रूपमा महालक्ष्मी विकास बैंक स्थापित भएको छ।

दुवै बैंकले आवश्यक प्रक्रियागत कार्यहरू सम्पन्न गरी परिक्षण कारोबार पनि सम्पन्न गरिसकेका छन्। समझदारी अन्तर्गत, एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट प्रणाली (CMS) मार्फत सि.एम.एस चेक कलेक्सन तथा इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा महालक्ष्मी विकास बैंकले पहुँच प्राप्त गरेको छ।

यस प्रणालीबाट भारतमा रहेका ग्राहकहरूले नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT), रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) लगायतका माध्यमबाट भारतको एचडीएफसी बैंकमार्फत नेपालमा महालक्ष्मी विकास बैंकको खातामा सिधा रकम पठाउन सक्नेछन्। त्यस्तै, भारतका अन्य बैंकहरूको चेक जम्मा गरी समेत नेपालमा पैसा पठाउन सकिने सुविधा उपलब्ध हुनेछ।

बैंकका अनुसार, यो समझदारीले नेपाल–भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सीमापार व्यापार तथा रेमिट्यान्स कारोबारमा संलग्न ग्राहकहरूलाई सहज, प्रविधिमैत्री तथा प्रभावकारी सेवा प्रदान गर्नेछ।

साथै, बैंकले यस प्रणालीमार्फत आफ्ना ग्राहकहरूप्रति गरिएको डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धता अझै मजबुत हुने विश्वास व्यक्त गरेको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा पनि सुरू गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ बैंकले हाल देशभर १०३ शाखा कार्यालयमार्फत ८ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया