Nepal Life

रुसको कामचट्का क्षेत्रमा ४५० वर्षपछि ज्वालामुखी विस्फोट

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 17:08
रुसको कामचट्का क्षेत्रमा ४५० वर्षपछि ज्वालामुखी विस्फोट
National Life

काठमाडौं, साउन १८। रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा रहेको क्राशेनिनिकोभ ज्वालामुखीमा ४५० वर्षपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ।

Shikhar
NIMB

विस्फोटसँगै ज्वालामुखीलाई ‘सुन्तला’ रंगको उड्डयन खतरा कोड दिइएको छ, जसको अर्थ सो क्षेत्रमाथिको हवाई उडानहरूमा अवरोध आउन सक्ने जनाइएको छ।

रुसी अधिकारीहरूका अनुसार, यो ज्वालामुखी लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको थियो। यसअघि, यही साता क्लुचेभस्कोय ज्वालामुखी पनि सक्रिय भएको थियो। क्लुचेभस्कोय युरोप तथा एसियामा अवस्थित सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी मानिन्छ।

लगातार ज्वालामुखी सक्रियताका कारण स्थानीय प्रशासनले सतर्कता अपनाउन तथा आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न जनतालाई आग्रह गरेको छ।

कामचट्का प्रायद्वीप ज्वालामुखीय दृष्टिकोणले अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ, जहाँ दर्जनौँ सक्रिय तथा सुप्त ज्वालामुखीहरू रहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया