NIMB Header 2
Nepal Life

लघु कर्जामा थप सुरक्षणको व्यवस्था : निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ सार्वजनिक

National Life
  • BFIS News
  • 2025 Aug 03 19:56
लघु कर्जामा थप सुरक्षणको व्यवस्था : निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ सार्वजनिक
Sanima Reliance

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले ऋणीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने सम्भावित नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उद्देश्यले ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ लागू गरेको छ।

Shikhar
NIMB

आज भक्तपुरमा आयोजित एक विशेष कार्यक्रमबीच कोषले यो योजना औपचारिक रूपमा सार्वजनिक गरेको हो। कार्यक्रममा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, लघु कर्जा विभागका प्रमुखहरू तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस योजनाअन्तर्गत कोषको चालू सुरक्षण कार्यक्रमभित्र पर्ने १० लाख रुपैयाँसम्मको कर्जा सुरक्षण गरिनेछ। योजना अनुसार, ऋणी वा उहाँका पति/पत्नीको मृत्यु, स्थायी अपाङ्गता वा परियोजना पूर्णरूपमा नष्ट भएको अवस्थामा बाँकी कर्जाको शतप्रतिशत दाबी भुक्तानी प्रदान गरिनेछ।

यस योजनामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले नियमित सुरक्षण शुल्कबाहेक ०.१५ प्रतिशत अतिरिक्त सुरक्षण शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

कोषका अनुसार, यो योजना लागू भएपछि लघु, साना तथा मझौला उद्यम (MSME) का लागि प्रवाहित कर्जा शतप्रतिशत सुरक्षित हुनेछ। साथै, बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको सुरक्षणका लागि धितो, जमानत वा अन्य झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने अपेक्षा गरिएको छ।

कोषले यो योजना मार्फत देशभरका साना उद्यमी तथा कमजोर वर्गका ऋणीहरूलाई थप सुरक्षाको अनुभूति हुने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया