NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंकको खुद नाफा ९२ प्रतिशतले बढेर २ अर्ब नाघ्यो, ९ प्रतिशत लाभांश दिन सक्ने क्षमता

National Life
  • BFIS News
  • 2025 Aug 05 11:11
माछापुच्छ्रे बैंकको खुद नाफा ९२ प्रतिशतले बढेर २ अर्ब नाघ्यो, ९ प्रतिशत लाभांश दिन सक्ने क्षमता
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले सो अवधिमा २ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानीमा वृद्धिसँगै इम्पेरमेन्ट चार्ज घटेकाले नाफामा उल्लेखनीय वृद्धि भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ। त्यसैगरी, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा भने झण्डै दोब्बर ९९.९१ प्रतिशतले वृद्धि भएको छ।

बैंकको इम्पेरमेन्ट चार्ज पनि घटेर १ अर्ब ३९ करोड रुपैयाँबाट ३५ करोड ३७ लाख रुपैयाँमा झरेको छ। जसको प्रत्यक्ष असर बैंकको सञ्चालन मुनाफा र खुद नाफामा परेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) समेत उल्लेख्य बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा कायम भएको छ।

उक्त अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) १४.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया