NIMB Header 2
Nepal Life

महिलाको कुशल नेतृत्वमा रहेको उपकार लघुवित्तले मार्यो छलाङ, प्रतिशेयर ३२ रुपैयाँ पुर्याउन सफल

National Life
  • BFIS News
  • 2025 Aug 05 11:49
महिलाको कुशल नेतृत्वमा रहेको उपकार लघुवित्तले मार्यो छलाङ, प्रतिशेयर ३२ रुपैयाँ पुर्याउन सफल
Sanima Reliance

काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको (असार मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो वर्ष नोक्सानीमा रहेको लघुवित्त गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा उक्लन सफल भएको छ।

Shikhar
NIMB

लघुवित्तले समीक्षा अवधिमा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने लघुवित्त ३ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो।

नाफामा उक्लनुको मुख्य कारण सम्भावित जोखिम बापतको व्यवस्थामा कमी भएको हो। अघिल्लो वर्ष ६ करोड ३९ लाख रुपैयाँ छुट्याएकोमा, गत वर्ष भने मात्र १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याइएको छ।

लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले वृद्धि भएको छ भने अन्य सञ्चालन आम्दानीमा उल्लेखनीय १०५.४४ प्रतिशतको वृद्धि देखिएको छ। यसका साथै, कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशतले बढेको छ।

असार मसान्तसम्ममा उपकार लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) ३२ रुपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा, र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १०५.०७ गुणा रहेको छ।

१० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तले ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटी लिएको छ। सो आधारमा उसले २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको आर्थिक सुधारले आगामी दिनमा अझ सकारात्मक वित्तीय स्थिति हासिल गर्ने संकेत देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया