तेस्रो दिन पनि बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो
- BFIS News
- 2025 Aug Tue 12:15

काठमाडौं, साउन २०। नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भई २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
लगातार बढिरहेको सुनचाँदीको मूल्यले बजारमा तरलता र लगानीकर्ताको ध्यानलाई असर पारेको देखिन्छ।
प्रतिक्रिया