NIMB Header 2
Nepal Life

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै

National Life
  • BFIS News
  • 2025 Aug 06 10:47
स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला हुँदै
Sanima Reliance

काठमाडौं, साउन २१ – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

Shikhar
NIMB

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओको बाँडफाँट सम्पन्न भइसकेपछि अब लघुवित्तले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट कुल जारी पूँजीको ४० प्रतिशत हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। उक्तमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि, र २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।

अब दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरिँदैछ, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

आईपीओमा आवेदन दिन चाहने सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा भदौ ३ गतेसम्म खुला रहनेछ भने आवश्यकता अनुसार माग नपुगेमा ढिलोमा भदौ १३ गतेसम्म खुला रहनेछ।

इक्रा नेपालले लघुवित्तलाई आईपीओ निष्काशनको लागि 'इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट' प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

स्वस्तिक लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया