NIMB Header 2
Nepal Life

डिप्रोस लघुवित्तको वार्षिक प्रगति विश्लेषण तथा शाखा प्रबन्धक तालिम सम्पन्न

National Life
  • BFIS News
  • 2025 Aug 06 21:59
डिप्रोस लघुवित्तको वार्षिक प्रगति विश्लेषण तथा शाखा प्रबन्धक तालिम सम्पन्न
Sanima Reliance

काठमाडौं। डिप्रोस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विश्लेषण तथा आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धी शाखा प्रबन्धकहरूको विशेष तालिम बुटवलमा सम्पन्न गरेको छ।

Shikhar
NIMB

उक्त तालिम केवल प्राविधिक सत्र मात्र नभई आत्ममूल्यांकन, अनुभव साझेदारी, र भविष्यदृष्टिको मार्गदर्शनको महत्वपूर्ण माध्यम बनेको छ। तालिममा विगतका सफलताबाट प्रेरणा लिँदै, असफलताबाट शिक्षा लिने र आगामी लक्ष्यहरूलाई अझ स्पष्ट बनाउँदै शाखा प्रबन्धकहरूलाई जिम्मेवारी बोध गराइएको थियो।

"हाम्रो नेतृत्व, हाम्रो प्रतिबद्धता" भन्ने नारासहित आयोजित तालिममा सहभागी शाखा प्रबन्धकहरूले आफुहरू केवल कार्यालय सम्हाल्ने कर्मचारी नभई परिवर्तनका वाहक, सपना देख्ने र त्यसलाई कार्यान्वयनमा उतार्ने अभियन्ता भएको भाव व्यक्त गरेका छन्।

हरेक दिनको कार्य, हरेक निर्णय र हरेक प्रतिबद्धतालाई समृद्ध समुदाय निर्माण र वित्तीय सबलीकरणको दिशामा एक-एक कदमका रूपमा लिइएको उल्लेख गरिएको थियो।

डिप्रोस लघुवित्तले यस्ता तालिममार्फत आफ्ना नेतृत्व तहका कर्मचारीहरूको क्षमता विकास, कार्यप्रेरणा अभिवृद्धि, र साझा लक्ष्यप्रति प्रतिबद्धता सुदृढ गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया