NIMB Header 2
Nepal Life

स्वावलम्बन लघुवित्तले शेयरधनीहरूलाई बाँकी लाभांश लिन अनुरोध

Muktinath Bank
  • BFIS News
  • 2025 Aug 07 15:40
स्वावलम्बन लघुवित्तले शेयरधनीहरूलाई बाँकी लाभांश लिन अनुरोध
National Life

काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले आफ्ना शेयरधनीहरूलाई बाँकी रहेको नगद लाभांश लिन सार्वजनिक सूचना जारी गरेको छ।

NIMB

कम्पनीका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म र २०७५/७६ देखि २०७९/८० सम्म वितरणका लागि घोषणा गरिएको तर हालसम्म नलिइएको नगद लाभांश योग्य शेयरधनीहरूले सम्बन्धित शेयर रजिष्ट्रार कार्यालयबाट लिन सक्नेछन्।

कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लाभांश लिन इच्छुक शेयरधनीहरूले आफ्नो परिचय खुल्ने कागजात र शेयर स्वामित्व प्रमाणसहित रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

हाल कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) रू. ९४०.६९ रहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया