NIMB Header 2
Nepal Life

भारत बाहेकका मुलुकबाट हुने सेवा आयातका लागि सटही सुविधा ८ हजार डलरसम्म

National Life
  • BFIS News
  • 2025 Aug 08 12:08
भारत बाहेकका मुलुकबाट हुने सेवा आयातका लागि सटही सुविधा ८ हजार डलरसम्म
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत बाहेकका मुलुकबाट हुने सेवा आयातका लागि सटही सुविधा सीमा बढाएर प्रतिपटक ८ हजार अमेरिकी डलरसम्म पुर्‍याएको छ। यसअघि सेवा आयातका लागि सटही सुविधा सीमा कम थियो।

Shikhar
NIMB

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र, २०८१ संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। संशोधित प्रावधान अनुसार नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा सम्मको सटही सुविधा वाणिज्य बैंकमार्फत पाउनेछन्।

८ हजार डलरभन्दा बढीको सेवा आयातका लागि नियामक निकायको सिफारिस आवश्यक पर्नेछ। साथै, एक पटकमा १५ हजार डलरभन्दा बढीको सेवा आयात भुक्तानीका लागि नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य हुनेछ। नियामक निकाय नभएको वा सिफारिस हुन नसकेको अवस्थामा ८ हजार डलरभन्दा बढी भुक्तानीका लागि पनि विभागको स्वीकृति लिनुपर्नेछ।

१५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानीका हकमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक हुनेछ। यसैगरी, विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा (जस्तै आईईएलटीएस, टोफेल, पीटीई, जिआरई, जीम्याट, स्याट) वा मानकीकृत परीक्षणको सेवा आयात गर्दा १५ हजार डलरसम्मको सटही सुविधा वाणिज्य बैंकमार्फत पाउने व्यवस्था मिलाइएको छ। यसका लागि नियामक निकायको सिफारिस आवश्यक हुनेछैन, तर तोकिएका कागजात पेश गर्नुपर्नेछ।

राष्ट्र बैंकले निर्यात प्रयोजनका लागि अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी निर्यातकर्तालाई रकम भुक्तानी दिने व्यवस्था समेत स्पष्ट पारेको छ। साथै, सेवा आयातको भुक्तानीका लागि स्थायी लेखा नम्बर (PAN) अनिवार्य गरिएको छ।

भ्रमण, औषधोपचार, उच्च शिक्षा लगायतका प्रयोजनका लागि आवश्यक सटही सुविधा आवश्यकता र औचित्यको आधारमा प्रदान गरिनेछ। विदेशी संस्थाबाट प्राप्त कागजात प्रमाणिकरण अनिवार्य हुनेछ।

यसअघि भन्दा सजिलो व्यवस्था गर्दै राष्ट्र बैंकले नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्वे, भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने बाध्यता हटाएको छ। यस्तो भुक्तानी नेपाल बीमा प्राधिकरणको सिफारिसका आधारमा वाणिज्य बैंकमार्फत गर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया