वित्तीय खर्च घट्दा एशियन हाइड्रोपावरको नोक्सानी कम

  • BFIS News
  • 2025 Aug Fri 12:14
वित्तीय खर्च घट्दा एशियन हाइड्रोपावरको नोक्सानी कम

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यमा कम्पनी २ करोड ८१ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ, जसअघि अघिल्लो वर्ष यस अवधिसम्म ५ करोड ८६ लाख रुपैयाँ नोक्सानी थियो। विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि र वित्तीय खर्चमा कमी आएपछि कम्पनीको खुद नोक्सानी घटेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशतले, कुल नाफा ४.३६ प्रतिशतले र सञ्चालन मुनाफा १३.८५ प्रतिशतले बढेको छ। वित्तीय खर्च भने २१.८० प्रतिशतले घटेको छ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। गत असार मसान्तसम्म प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा ऋणात्मक रहँदा प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया