NIMB Header 2
Nepal Life

नेपाल लाइफको जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा, ४८ अर्बको व्यवसायमा १७.५९% को बृद्धिदर सहित २६.४८ % हिस्सा

Citizen Life
  • BFIS News
  • 2025 Aug 09 07:15
नेपाल लाइफको जीवन बीमा व्यवसायमा सर्वाधिक हिस्सा, ४८ अर्बको व्यवसायमा १७.५९% को बृद्धिदर सहित २६.४८ % हिस्सा
National Life

काठमाडौं। जीवन बीमा व्यवसायको अग्रणी कम्पनी नेपाल लाइफले १७.५९ प्रतिशतको बृद्धिदर कायम राख्दै २६.४८ प्रतिशतको बजार हिस्सा ओगट्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ४८ अर्ब ०३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरको छ। जवकी सम्पुर्ण जीवन बीमा कम्पनीहरुले यहि अवधिमा एक खर्ब ८१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। जसमा नेपाल लाइफ एक्लैको योगदान २६.४८ प्रतिशत रहेको छ।

NIMB

कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो। समिक्षा अवधिमा कम्पनीले १७.५९ प्रतिशत बृद्धिदर कायम राख्द सफल भएको छ। समग्र जीवन बीमा कम्पनीहरुको बृद्धिदर १६.०५ प्रतिशत छ। नेपाल लाइफका प्रतिस्पर्धी अन्य कम्पनीहरुको तुलनामा राम्रो बृद्धिदर कामय गर्न सकेकै कारण यस वर्ष समग्र जीवन बीमा व्यवासयमा सुधार देखिएको छ।

असार मसान्तसम्ममा नेपाल लाइफले १० अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले यस भन्दा अघिल्लो आर्थिक वर्षमा ८ अर्ब २ करोड रुपैयाँ थियो। त्यस्तै नविकरण बीमा शुल्क तर्फ हेर्ने हो भने यस वर्ष कम्पनीले ३७ अर्ब २९ करोड रुपैयाँ रहेको छ। कम्पनीको सबैभन्दा ठुलो स्ट्रेन्थ भनेकै नविकरण बीमा शुल्क आर्जन हो। जसलाई अन्य कुनै कम्पनीले प्रतिस्पर्धा गर्न सक्दैन। अर्को तर्फ प्रथम तर्फ पनि कम्पनीको आक्रामक विस्तारले बीमा व्यवसायको आकारलाई बढाउन टेवा पुर्याइरहेको छ।

असार एक महिनामा मात्रै कम्पनीले बैदेशिक रोजगार बाहेक २ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै ४ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ भने कुल ७ अर्ब १० करोड भित्र्याएको छ।

जीवन बीमा व्यवसायको सबैभन्दा सुन्दर पक्ष नै यसको व्यावसायिक विस्तार छ। जति धेरै बीमितलाई जोड्न सकियो र उनिहरुबाट नियमित बीमा शुल्क संकलन भयो त्यस कम्पनीको हरेक सूचकलाई अब्बल बनाउछ। कम्पनीले बीमितहरु सँग संकलन गरेको बीमा शुल्कलाई विविध क्षेत्रमा लगानी गरेर अन्नत बीमितलाई उच्च प्रतिफल सहित फिर्ता गर्नु पर्छ। कम्पनीले देशको विविध क्षेत्रहरूमा गरिएको कुल लगानी २ खर्ब २५ अर्ब भन्दा माथि छ। यो लगानी सुखी नेपाली, समुन्नत समाज र समृद्ध राष्ट्र निर्माणका लागि नेपाल लाइफको प्रतिबद्धता हो। देशको विकास यात्रामा साथ दिन पाउँदा कम्पनीले गर्व गर्दै आइरहेको छ। जसमा लाखौ बीमित जोडिएका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया