NIMB Header 2
Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रिमियम आम्दानी २२% बढ्यो, दाबी भुक्तानी बढ्दा नाफा १२% घट्यो

National Life
  • BFIS News
  • 2025 Aug 13 10:23
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रिमियम आम्दानी २२% बढ्यो, दाबी भुक्तानी बढ्दा नाफा १२% घट्यो
Sanima Reliance

काठमाडौं।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (SALICO) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४६ करोड ९ लाख रुपैयाँभन्दा १२.५३ प्रतिशत कम हो।

Shikhar
NIMB

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १७ रुपैयाँ ५८ पैसाबाट घटेर १५ रुपैयाँ ३७ पैसामा पुगेको छ।

वित्तीय विवरणअनुसार, कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ कायम रहँदा विपत्ति कोष २१.३४ प्रतिशतले बढेर २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा ९.२५ प्रतिशतले घटेर ३६ करोड ६५ लाख रुपैयाँमा झरेको छ भने अन्य इक्विटी १३.५७ प्रतिशतले बढेर ५० करोड २३ लाख रुपैयाँ पुगेको छ। कुल लगानी ४.९७ प्रतिशत बढ्दै ६ अर्ब ७२ करोड रुपैयाँमा पुगेको छ भने बीमा कोष ४.१३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद प्रिमियम आम्दानी २२.८६ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। तर, लगानी, ऋण तथा अन्य स्रोतबाटको आम्दानी २८.६४ प्रतिशत घट्दै ३४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। सोही अवधिमा खुद दाबी भुक्तानी ३०.७१ प्रतिशतले बढेर १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कमीशन खर्च ४८.७६ प्रतिशतले बढ्दै ५ करोड ६९ लाख रुपैयाँमा पुगेको छ। कर्मचारी लाभ खर्च ७.२० प्रतिशत घटेर ५६ करोड ४३ लाख रुपैयाँमा पुगे पनि अन्य सञ्चालन खर्च १८.४५ प्रतिशतले बढेर १७ करोड ९ लाख रुपैयाँमा पुगेको छ।

असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ७२ पैसाबाट बढेर २३९ रुपैयाँ १२ पैसामा पुगेको छ। मूल्य–आम्दानी अनुपात ४७.२२ गुणा र सॉल्भेन्सी अनुपात २.७५ गुणामा कायम रहँदा कम्पनीको वित्तीय स्थायित्व बलियो रहेको संकेत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार