NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकको वितरयोग्य मुनाफा ६५१ प्रतिशतले बढ्यो, डेढ अर्ब नाफा आर्जन गर्ने पहिलो विकास बैंक

Citizen Life
  • BFIS News
  • 2025 Aug 15 10:51
मुक्तिनाथ विकास बैंकको वितरयोग्य मुनाफा ६५१ प्रतिशतले बढ्यो, डेढ अर्ब नाफा आर्जन गर्ने पहिलो विकास बैंक
National Life

काठमाडौं। मुक्तिनाथ विकास बैंकको वितरण योग्य मुनाफा ७.५ गुणाले बृद्धि भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको हो। बैंकले यस भन्दा अघिल्लो आर्थिक वर्षमा १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो। 

NIMB

बैंकले समिक्षा अवधिमा ३० प्रतिशतले मुनाफा बढाएको छ। असार मसान्तसम्ममा बैंकले एक अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा एक अर्ब १७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।  बैंकको इमेरियल चार्ज घट्दा मुनाफामा राम्रो सुधार देखिएको हो। प्रतिशेयर आम्दानी २१.८२ रुपैयाँ रहेको छ।

बैंकले कर्जा नोक्सानीमा रचनात्मक रुपमा सुधार गरेको छ। समिक्षा अवधिमा खराव कर्जा २.७५ प्रतिशत कायम राख्न सकेको छ। जुन अन्य बैंक वित्तीय संस्थाको तुलनामा राम्रो हो।

बैंकले समिक्षा अवधिमा ६.९९ प्रतिशतले निक्षेप बढाएको छ भने कर्जा विस्तार ६.१० प्रतिशत रहेको छ। यस अवधिमा बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। निक्षेप संकलन तथा कर्जा परिचालन गरी समिक्षा अवधिमा ४ अर्ब ५५ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गर्न सफल भएको छ।

चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ४७ करोड रुपैयाँ जम्मा भइसकेको छ। आजका दिनमा मुक्तिनाथ विकास बैंक राष्ट्रिय स्तरको बाणिज्य बैंक सरह बनाउन सफल भइसकेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया