अरुण भ्याली हाइड्रोपावरको चौथो त्रैमासमा नाफा ९ हजार प्रतिशतभन्दा बढीले बढ्यो, आम्दानीमा १४९% वृद्धिः ईपीएस ११.६५
- BFIS News
- 2025 Aug Fri 11:28
.jpeg)
काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) ले आ.व. २०८१/८२ को चौथो त्रैमासमा अभूतपूर्व वित्तीय प्रगति गरेको छ।
कम्पनीले सो अवधिमा ४४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यसै अवधिको ४ लाख ९२ हजार रुपैयाँ नाफाभन्दा उल्लेखनीय वृद्धि हो।
कम्पनीको चुक्ता पूँजी ३% ले बढेर ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अन्य इक्विटी २३१.७४% ले वृद्धि भई ४७ करोड १२ लाख रुपैयाँ पुगेको छ भने स्थायी सम्पत्ति झण्डै स्थिर रहँदै २ अर्ब ६२ करोड रुपैयाँ आसपासमा रहेको छ।
विद्युत् बिक्रीबाट आम्दानी १४९.२९% ले बढेर २७ करोड ४७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानी पनि ८२.७०% ले वृद्धि भई ४६ करोड ८४ लाख रुपैयाँ भएको छ। परिणामस्वरूप, प्रति सेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ०.०१ रुपैयाँ बाट उक्लिएर ११.६५ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ ८.१३% बढेर ११२.२५ रुपैयाँ पुगेको छ।
चौथो त्रैमासको अन्त्यमा कम्पनीको प्राइस–टु–अर्निङ (P/E) अनुपात २५.०५ गुणा रहेको छ र सो अवधिमा कम्पनीको सेयर मूल्य २९१.६९ रुपैयाँ मा बन्द भएको छ।
प्रतिक्रिया