NIMB Header 2
Nepal Life

वाणिज्य बैंकहरुको मुनाफा ४३.३९% ले वृद्धि, नबिल सर्वाधिक अगाडी, लाभांश क्षमतामा एभरेष्ट

Citizen Life
  • BFIS News
  • 2025 Aug 15 14:36
वाणिज्य बैंकहरुको मुनाफा ४३.३९% ले वृद्धि, नबिल सर्वाधिक अगाडी, लाभांश क्षमतामा एभरेष्ट
National Life

काठमाडौं, साउन ३० गते। नेपालका वाणिज्य बैंकहरूले आ.व. २०८१/८२ को चौथो त्रैमास (असार समाप्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित वित्तीय विवरण अनुसार, २० वाणिज्य बैंकहरूको कूल खुद नाफा ७१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको ४९ अर्ब ८६ करोड रुपैयाँभन्दा ४३.३९ प्रतिशतले बढी हो।

NIMB

उच्चतम नाफा गर्ने बैंकहरू

नबिल बैंक लिमिटेडले सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ। बैंकले २०८०/८१ को तुलनामा १५.०१% वृद्धि गर्दै ७ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको हो।

नबिल पछाडि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँको नाफा कमाएको छ।

न्यूनतम नाफा र सबैभन्दा ठूलो गिरावट

यस अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंक एनआईसी एशिया बैंक रहेको छ, जसले केवल १६ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको ७० करोड रुपैयाँको तुलनामा बैंकको नाफा ७७.०३% ले घटेको छ। कुनै समयको आक्रामक एनआइसी एशिया थला परेको छ।

उच्च वृद्धिदर

कुमारी बैंकको नाफाको बृद्धिदर सबैभन्दा धेरै छ। बैंकको नाफा ४६ लाखबाट बृद्धि भएर २ अर्ब ११ करोड पुगेको छ। यसबाहेक, प्रभु बैंक र नेपाल बैंकको बृद्धिदर सबैभन्दा अगाडी देखिएको छ।

नाफामा गिरावट भोगेका बैंकहरू

चौथो त्रैमासमा चार वटा बैंकहरूले नाफामा गिरावट भोगेका छन्। ती बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंक रहेका छन्। यीमध्ये सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ।

वितरणयोग्य प्रतिशेयर नाफा

वितरणयोग्य प्रतिशेयर आम्दानीको हिसावले हेर्दा, एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ, जसको प्रतिशेयर वितरणयोग्य आम्दानी ३८.२७ रुपैयाँ छ। त्यसपछि सनिमा बैंक लिमिटेडले २०.४७ रुपैयाँ वितरणयोग्य नाफा प्रतिशेयर कमाएको छ।

यद्यपि कुल नाफाका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी सबैभन्दा कम, १.४४ रुपैयाँ रहेको छ। त्यस्तै, चार बैंकहरूले चौथो त्रैमासमा ऋणात्मक वितरणयोग्य मुनाफा रहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया