NIMB Header 2
Nepal Life

शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

National Life
  • BFIS News
  • 2025 Aug 17 10:10
शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आगामी भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

यसअन्तर्गत कम्पनीले हाल कायम १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको चुक्ता पूँजीमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। सोअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सिटिजन्स क्यापिटल लिमिटेडलाई हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट समेत आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको सि–आस्बा सेवा तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया