नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट
- BFIS News
- 2025 Aug Tue 11:28
.webp)
काठमाडौं । भदौ ३ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा झरेको छ। सोमबार यसै सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार यसको मूल्य २ हजार ३१५ रुपैयाँ प्रतितोला थियो।
प्रतिक्रिया