स्वस्तिक लघुवित्तको आइपिओमा २३ लाख २५ हजारको आवेदन, माग भन्दा १३९ गुणा बढि, २३ लाख ६ हजारको हात खाली
- BFIS News
- 2025 Aug Wed 05:02

काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपिओमा २३ लाख २५ हजारले आवेदन दिएका छन्। संस्थाले १ लाख ९५ हजार १९५ कित्ता शेयर जारी गरेकोमा २ करोड ७२ लाख कित्ताका लागि आवेदन परेको हो।
लघुवित्तले कुल जारी पूँजीको ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाँका २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। पहिलो चरणमा १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
दोस्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरिएको छ, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ हुन्छ।
संस्थाको शेयरमा आवेदन दिने मध्ये भाग्यमानी १९ हजार ५१९ जनाले मात्रै शेयर पाउनेछन्। यसले गर्दा २३ लाख ६ हजार भन्दा धेरैको हात खालि हुनेछ। यो आवेदन अहिलेसम्मका आवेदन मध्येका सर्वाधिक मध्ये एक हो।
प्रतिक्रिया