सुनको मूल्यमा भारी वृद्धि, चाँदी ऐतिहासिक उचाइमा
- BFIS News
- 2025 Aug Sun 12:14
.jpg)
काठमाडौं, भदौ ८ । नेपाली बजारमा आईतबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। गत शुक्रबार मात्र सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर २ हजार ३५० रुपैयाँ पुगेको छ। गत शुक्रबारको कारोबार मूल्य २ हजार ३३० रुपैयाँ थियो।
चाँदीको यो मूल्य अहिलेसम्मकै ऐतिहासिक उचाइ मानिएको छ र नयाँ रेकर्ड कायम गर्ने तयारीमा पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया