United Ajod

प्रणालीमा बढी तरलता, राष्ट्र बैंकले ५० अर्ब खिच्दै

  • BFIS News
  • 2025 Aug Sun 12:25
प्रणालीमा बढी तरलता, राष्ट्र बैंकले ५० अर्ब खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा बढी तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ।

राष्ट्र बैंकका अनुसार आज (भदौ ८ गते) दिउँसो ३ बजे निक्षेप संकलनको बोलकबोल हुने छ। यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन उपकरण ब्याजदरमा हुने र बहुब्याजदर प्रणालीमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

उक्त निक्षेप संकलन उपकरण २१ दिनको हुने छ भने यसको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २९ गते गरिने केन्द्रीय बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया