Nepal Life

शेयर बजारमा ७.७६ अंकको सुधार, दुई पुनर्बीमाले ल्याए रौनक, महिलाको उपस्थिति नहुँदा कारोबार रकम घट्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Aug 26 15:09
शेयर बजारमा ७.७६ अंकको सुधार, दुई पुनर्बीमाले ल्याए रौनक, महिलाको उपस्थिति नहुँदा कारोबार रकम घट्यो

काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको दिन शेयर बजारमा ७.६० अंकको सुधार देखिएको छ। आज सरकारले महिलाहरुलाई मात्रै सार्वजनिक विदा दिएका कारण शेयर बजार बैंक वित्तीय संस्था र सरकारी कार्यालय खुलै छ। 

Nepal Life
NIMB

महिलाहरुको उपस्थिति नहुँदा कारोबार रकम भने घटेको छ। आजको कारोबारले शेयर बजारमा महिलाको निर्णायक भुमिकालाई समेत प्रमाणित गरेको छ। आज ४ अर्ब १८ करोडको मात्रै कारोबार भयो। जुन हिजो सोमबारको भन्दा धेरै कम हो। 

आज १०१ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १४९ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ। नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक धेरै ४८ करोड ९५ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै हिमालयन रिको २१ करोडको खरिद बिक्री भएको छ। विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल रिपब्लिक मिडियामा ८.६१ प्रतिशतले बृद्धि भएको छ। 

पछिल्लो समय नियामक निकाय शेयर बजार प्रति निकै सकारात्मक देखिएका छन्। राष्ट्र बैंकले लघुवित्तको लाभांशको सिलिङमा परिमार्जन गरिदिएको छ। यस बाहेक धेरै नीतिगत व्यवस्थालाई खुकुलो बनाइसकेको राष्ट्र बैंकले शेयर बजारको सुधारलाई मध्यनजर गर्दै नीतिगत निर्णय समेत गर्दै आइरहेको छ। नेपाल धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारी पनि शेयर बजारको सुधारलाई मध्यनजर गर्दै संयमित देखिन्छन्। 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया