United Ajod

सामाजिक सुरक्षा कोषमा रिटायर्डमेन्ट भन्दा पेन्सन अमाउन्ट किन धेरै देखिन्छ ?

  • BFIS News
  • 2025 Aug Wed 12:29
सामाजिक सुरक्षा कोषमा रिटायर्डमेन्ट भन्दा पेन्सन अमाउन्ट किन धेरै देखिन्छ ?

काठमाडौं। सामाजिक सुरक्षा कोषले मोबाइल एप मार्फत श्रमिकको सम्पुर्ण विवरण उपलब्ध गराउने गरेको छ। यसमा पेन्सन अमाउन्ट (निबृत्तभरण योजना) र रिटायर्डमेन्ट अमाउन्ट (अवकाश सुविधा योजना) गरी दुई भागमा रकम विभाजन गरिएको हुन्छ। जसमा पेन्सन अमाउन्ट धेरै देखिने गर्छ भने रिटायर्ड अमाउन्ट थोरै देखिन्छ।

कोषमा रोजगारदाताले श्रमिककको आधारभुत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोष बापत र ८.३३ प्रतिशत उपदान बापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष बापत प्राप्त गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले बृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्दछ।

प्रायः श्रमिकलाई कुन रकम पहिला पाइन्छ भन्ने कुरा थाहा हुँदैन। सामाजिक सुरक्षा कोषका अनुसार रिटायर्डमेन्ट अमाउन्टमा रोजगारदाताले उपलब्ध गराउने २० प्रतिशत रकम जम्मा हुन्छ। र श्रमिकको तर्फबाट कट्टा हुने ११.३३ प्रतिशत मध्ये ३ प्रतिशत स्वास्थ्य बीमाको प्रिमियममा खर्च हुन्छ भने बाँकी ८.३३ प्रतिशत रकम रिटायर्डमेन्ट अमाउन्टमा जम्मा हुन्छ। जुन रकम ६० वर्ष पुगेपछि एकमुष्ठ प्राप्त हुन्छ। यस्तो रकम प्राप्त गर्न श्रमिकले १८० महिना योगदान गरेको हुनु पर्छ।

कुनै योगदानकर्ताले १८० महिनाको योगदान नगर्दै साठी वर्ष उमेर पुरा भएको रहेछ भने निबृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिने वा सो रकमलाई १६० ले भाग गर्दा आउने रकम प्रत्येक महिना निजको जीवनकारभर निवृत्तभरण लिने मध्ये कुनै एउटा विकल्प छनौट गर्न सकिने व्यवस्था छ।  

यसबाहेकको सबैभन्दा धेरै रकम अर्थात पेन्सन अमाउन्टमा जम्मा भएको रकम कसरी प्राप्त गर्न सकिन्छ भनेर धेरैलाई कौतुहलता तथा कन्फ्युजन हुने गर्छ। सामाजिक सुरक्षा कोषका योगदानकर्ताले ६० वर्ष उमेर पुरा भए पछि मात्रै यो रकम प्राप्त गर्छन्।

निबृत्तभरण योजनामा जम्मा भएको यो रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकमलाई १६० ले भाग गर्दा आउने रकम प्रत्येक महिना निजको जीवनकारभर निवृत्तभरण लिने सकिन्छ। अव यहाँबाट के कुरा क्लियर हुन्छ भने यदि ६० वर्षको उमेरसम्ममा १८० महिना योगदान गरेको छैन भने त्यो रकम एकमुष्ट प्राप्त गर्न सकिन्छ र १८० महिना भन्दा बढि योगदान छ भने सो अवधिमा रिटायर्डमेन्ट अमाउन्टमा देखिएको रकमलाई १६० ले भाग गरेर आउने रकमलाई प्रत्येक महिना पेन्सनका रुपमा उपलब्ध गराइन्छ। जसले श्रमिकको सामाजिक जीवन निकै सहज हुनेछ।

यदि मेरो ६० वर्ष उमेर पुग्दासम्ममा पेन्सन अमाउन्टमा एकमुष्ट २० लाख पुग्यो भने मैले कसरी पेन्सन पाउछु?

सामाजिक सुरक्षा कोषले यो रकमलाई १६० ले भाग गर्नेछ। यसरी भाग गर्दा १२ हजार ५०० रुपैयाँ हुन आउछ। वार्षिक रुपमा यो रकम एक लाख ५० हजार हुन आउछ।  यो रकम योगदानकर्ताले ६० वर्ष पुरा भए पछि प्रत्येक महिना प्राप्त गर्नेछ। यो रकम ६० वर्षसम्म लगाएर जम्मा भएको रकमको करिव ७.५ प्रतिशत व्याजदर बराबरको प्रतिफल हो। यदि बैंकमा नै यो रकम जम्मा गर्ने हो भने कोषको भन्दा राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने वर्गपनि धेरै छैन। यो लगानी मात्रै होइन सुरक्षा पनि हो। जुनसुकै समयमा व्याजदर १० प्रतिशत हुँदैन। अहिलेकै सन्दर्भमा कुरा गर्ने हो भने बैंकमा पैसा जम्मा गर्नेले केवल ४ प्रतिशत मात्रै व्याजदर पाइरहेका छन्। यस्तो प्रतिफल आउनु र आफ्नो दम्पत्ती बाचुन्जेल प्राप्त हुन्छ त्यस पछि भने यो रकम कोषकै हुन्छ पुस्तान्तरण हुँदैन।

यदि दम्पत्तीको मृत्यु अल्पायुमै भयो भने कोषले दिने लाभ प्राप्त गर्न सक्दैनन् तर दिर्घायु दम्पत्तीको हकमा भने यो सच्चिकै सुरक्षा बनेर आउछ। यस बाहेक योगदानकर्ताको ६० वर्ष पुरा नहुँदै मृत्यु भयो भने उसको आश्रित परिवारले पाउनेछ।  

कोषले यस वर्षलाई लगानी वर्षका रुपमा मनाउदैछ। यसका लागि ५.६ प्रतिशतमा कर्जा सापटी र ६.५ प्रतिशतमा घरकर्जाको आकर्षक स्किम सार्वजनिक गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया