Nepal Life

हाथवे इन्भेष्टमेन्ट र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 10:00
हाथवे इन्भेष्टमेन्ट र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
National Life

काठमाडौं, भदौ १२ – आज बिहीबार (भदौ १२ गते) हाथवे इन्भेष्टमेन्ट लिमिटेड (HATHY) तथा चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

Shikhar
NIMB

हाथवे इन्भेष्टमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि, र एनएमबि ५० (NMB50), एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2), सिटिजन्स म्युचुअल फण्ड २ (CMF2) र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) ले प्रतिफल वितरण प्रयोजनार्थ भोलि शुक्रबार (भदौ १३ गते) बुक क्लोज गर्न लागेका हुन्।

यसअनुसार आज (भदौ १२) सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले हाथवे इन्भेष्टमेन्टको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्। यस्तै, म्युचुअल फण्डका इकाईधनीहरुले पनि प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

हाथवे इन्भेष्टमेन्टले भदौ २५ गते, बुधबार, आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा आफ्नो १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजेबाट सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह ‘क’ का तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पनि सभाबाट पारित गरिनेछ।

त्यस्तै, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले गत आर्थिक वर्षका लागि समान १५–१५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत प्रतिफल दिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया