Nepal Life

नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम, लगातार उकालो यात्रा जारी

NMB Bank
  • BFIS News
  • 2025 Aug 29 11:28
नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम, लगातार उकालो यात्रा जारी
National Life

काठमाडौं, भदौ १३ — नेपालमा सुनको मूल्यले लगातार उकालो यात्रा जारी राख्दै घरेलु बजारमा नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार छापावाला (फाइन) सुनको मूल्य तोलामा रू. १,२०० ले बढेर अहिलेसम्मकै उच्च रू. २,००,६०० मा पुगेको छ।

यो मूल्य हिजोको तोलामा रू. १,९९,४०० को तुलनामा उल्लेख्य वृद्धि हो र अघिल्लो कीर्तिमानलाई समेत उछिनेको छ . खरिदकर्तामाझ लोकप्रिय रहेको तेजाबी सुनको मूल्य पनि उल्लेख्य रूपमा वृद्धि भई तोलामा रू. १,९९,९०० मा पुगेको छ, जुन हिजो तोलामा रू. १,९८,७०० थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा रू. १० ले वृद्धि भई आजको दरअनुसार रू. २,३६० मा कारोबार भइरहेको छ, जुन हिजो तोलामा रू. २,३५५ थियो।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यवृद्धि तथा मागमा आएको वृद्धिले नेपाली बजारमा समेत यसको प्रभाव परेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया