NIMB Header 2
Nepal Life

मान्डु हाइड्रोपावर पुनः सञ्चालन, २२ मेगावाट विद्युत् उत्पादन सुरु

National Life
  • BFIS News
  • 2025 Aug 29 14:29
मान्डु हाइड्रोपावर पुनः सञ्चालन, २२ मेगावाट विद्युत् उत्पादन सुरु
Sanima Reliance

काठमाडौं । गत वर्ष असोज ११ र १२ गते बागमतीमा आएको बाढीले क्षतिग्रस्त बनाएपछि बन्द रहेको मान्डु हाइड्रोपावर पुनः सञ्चालनमा आएको छ।

Shikhar
NIMB

२२ मेगावाट क्षमताको सो आयोजनाले बिहीवारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ।

बाढीले आयोजनास्थल पुग्ने सिस्नेरी बजारदेखि दोभानसम्मको सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो। त्यसपछि मान्डु हाइड्रोले सडक मर्मतसम्भार गर्दै बाटो खुलाएर पुनर्निर्माणका काम अघि बढाएको हो।

मकवानपुरको भीमफेदी गाउँपालिका–८, बागमती दोभानस्थित उत्पादन गृहमार्फत विद्युत् आपूर्ति गर्दै आएको मान्डु हाइड्रोपावरका हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र प्रसारण टावर बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएका थिए। संरचनाको मर्मत सम्पन्न भएपछि आयोजनाले पुनः विद्युत् उत्पादन सुरु गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया