नयाँबानेश्वर प्रदर्शनमा घाइते हुने संख्या ७७
- BFIS News
- 2025 Sep Mon 14:44

काठमाडौं। राजधानीको नयाँबानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनका क्रममा घाइते हुनेको संख्या ७७ पुगेको छ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार प्रदर्शनमा सहभागी नागरिक र सुरक्षाकर्मी गरी ७७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार मिनभवनस्थित सिभिल अस्पताल र त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा भइरहेको छ।
सिभिल अस्पतालमा ५२ जना प्रदर्शनकारीको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा १० जना उपचाररत छन्। सोही घटनामा १५ जना सुरक्षाकर्मी समेत घाइते भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।
प्रतिक्रिया