United Ajod

राष्ट्रपति पौडेलद्वारा सबै पक्षलाई संयम र सहयोगका लागि आग्रह, जेनजी समुहलाई वार्तामा आउन अनुरोध

Everest Bank
  • BFIS News
  • 2025 Sep Tue 18:45
राष्ट्रपति पौडेलद्वारा सबै पक्षलाई संयम र सहयोगका लागि आग्रह, जेनजी समुहलाई वार्तामा आउन अनुरोध

काठमाडौं, भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हाल उत्पन्न भएको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत नागरिकहरू सहित सबै पक्षलाई संयम अपनाउन र सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले देश, जनता र लोकतन्त्रलाई माया गर्ने सबै पक्षले समस्याको समाधानका लागि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका जायज मागहरू प्रतिनिधिमूलक सहभागिता सहित वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले सबैलाई वार्तामा आउन र शान्तिपूर्ण माध्यमबाट समस्या समाधानतर्फ उन्मुख हुन अपिल गरेका छन्।

उनले संयमता, संवाद र सहकार्यमार्फत मात्र मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकिने उल्लेख गर्दै सबैलाई साझा उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरेका छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया