मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६ औं वार्षिक साधारण सभा सम्पन्न
- BFIS News
- 2025 Sep 23 09:28

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल (MBAN) ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ ।
पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो । यहि असोज २ गते काठमाडौंको ब्यिात होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा MBAN का सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को MBAN का गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ । MBAN ले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।
नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।
प्रतिक्रिया