NIMB Header 2
Nepal Life

बुटवल पावरले हिमाल पावरका विदेशी लगानीकर्ताको शेयर खरिद गर्ने, डलर पिपिएको कम्पनीमा ८३ प्रतिशत स्वामित्व

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Sep 26 12:35
बुटवल पावरले हिमाल पावरका विदेशी लगानीकर्ताको शेयर खरिद गर्ने, डलर पिपिएको कम्पनीमा ८३ प्रतिशत स्वामित्व
United Ajod

काठमाडौं, २०८२ असोज ९ — बुटवल पावर कम्पनी लिमिटेड (BPC) ले महत्वपूर्ण रणनीतिक निर्णय लिँदै हिमाल पावर लिमिटेडको उल्लेख्य परिमाणको सेयर खरिद गर्ने निर्णय गरेको छ।

Nepal Life
NIMB

कम्पनीको संचालक समितिको २०८२ साल असोज ९ गते (सेप्टेम्बर २५, २०२५) ३:०० बजे बसेको बैठकले Statkraft Holding Singapore Pte. Ltd., Singapore स्वामित्वमा रहेका १,००,६८,१७६ कित्ता सेयर र Eviny AS, Norway स्वामित्वमा रहेका ४५,९४,६११ कित्ता गरी जम्मा १,४६,६२,७८७ कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो।

हिमाल पावर लिमिटेडको कुल चुक्ता पूँजी १,७६,४१,४३९ कित्ता सेयर रहेकोमा, बुटवल पावर कम्पनीले झण्डै ८३ प्रतिशत सेयर खरिद गर्न लागेको हो।

बुटवल पावर कम्पनीले जानकारी गराएको अनुसार, सो सेयर खरिद बिक्री प्रक्रिया सम्बन्धित नियामकीय निकायहरूको स्वीकृति पश्चात्, सेयर दाखिला खारेजको प्रक्रिया सम्पन्न गरिनेछ।

हाल हिमाल पावर लिमिटेडले ६० मेगावाट क्षमताको खिम्ती प्रथम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जुन नेपालकै पुराना निजी क्षेत्रका जलविद्युत परियोजनामध्ये एक मानिन्छ। यसको डलर पिपिएको अवधि समाप्त भए सँगै दुबै विदेशी कम्पनीले आफ्नो शेयर स्वामित्व हस्तान्तरण गरेर बाहिरिने भएका हुन्। यसले २०५६/५७ देखि विद्यु्त उत्पादन गर्दै आइरहेको छ। २५ वर्षसम्मको डलर पिपिए गरिएको यस आयोजना टेक अर पे सम्झौता अनुसार पिपिए भएको थियो। यसले लगानीकर्तालाई लगानीको धेरै गुणा प्रतिफल समेत प्रदान गरिसकेको छ। यसलाई त्यतिवेलै ४५ वर्षको सञ्चालन अनुमति दिइएको हुँदा अव बुटवल पावरले १५ वर्ष सञ्चालन गर्न पाउछ। यसको सम्वामित्व खरिद सँगै बुटवल पावरको मुनाफामा उल्लेख्य बृद्धि हुने भन्दै केहि समयदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्यमा उछाल आइरहेको छ। 

यो सेयर खरिद निर्णयलाई बुटवल पावर कम्पनीको रणनीतिक विस्तारको रूपमा हेरिएको छ, जसले कम्पनीको उत्पादन क्षमता र जलविद्युत क्षेत्रमा प्रभावशाली उपस्थिति बढाउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया