NIMB Header 2
Nepal Life

जेनजी आन्दोलनका कारण इन्स्योरेन्स कम्पनीहरूमा सवा २३ अर्बको बीमा दाबी, एक अर्ब ९५ करोड भुक्तानी

National Life
  • BFIS News
  • 2025 Oct 16 15:54
जेनजी आन्दोलनका कारण इन्स्योरेन्स कम्पनीहरूमा सवा २३ अर्बको बीमा दाबी, एक अर्ब ९५ करोड भुक्तानी
Sanima Reliance

काठमाडौँ, असोज ३०। जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका कारण इन्स्योरेन्स कम्पनीहरूमा सवा २३ अर्ब रुपैयाँभन्दा बढी बीमा दाबी परेका छन्।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज २८ गतेसम्म १८ वटा निर्जीवन (जनरल) र लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार १६३ वटा बीमा दाबी परेका छन्। ती दाबीहरूको जम्मा रकम २३ अर्ब २१ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

बीमा कम्पनीहरूले हालसम्म १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ। यो भुक्तानी अहिलेसम्मको अग्रिम रुपमा गरिएको हो।

सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा मात्रै ३९४ वटा बीमा दाबी परेका छन्, जसबाट कूल ५ अर्ब ४८ करोड ५४ लाख रुपैयाँको दाबी आएको छ।

कम्पनीले अहिलेसम्म ७८ करोड ८ लाख रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ। यस कम्पनीमा भाटभटेनी सुपरमार्केटको ठूलो बीमा दाबी परेको बताइएको छ।

दोस्रो स्थानमा रहेको दि ओरियन्टल इन्स्योरेन्समा ९८ वटा दाबीमार्फत ५ अर्ब २४ करोड ८२ लाख रुपैयाँको दाबी परेको छ, तर कम्पनीले हालसम्म मात्र ७१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ।

अन्य प्रमुख कम्पनीहरूमा परेको दाबी

 IGI प्रुडेन्सियल इन्स्योरेन्स: २१५ वटा दाबी, २ अर्ब ७९ करोड रुपैयाँ

 शिखर इन्स्योरेन्स: ४३३ वटा दाबी, २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ

 सगरमाथा लुम्बिनी इन्स्योरेन्स: ३४२ दाबी, १ अर्ब ५९ करोड रुपैयाँ

 नेको इन्स्योरेन्स: २५९ दाबी, १ अर्ब १५ करोड रुपैयाँ

 हिमालयन एभरेष्ट इन्स्योरेन्स: ९८ करोड ६२ लाख रुपैयाँ

 सानिमा जिआइसी इन्स्योरेन्स: १७० दाबी, ८८ करोड ८५ लाख रुपैयाँ

 युनाइटेड अजोड इन्स्योरेन्स: २३८ दाबी, ६३ करोड ९४ लाख रुपैयाँ

 एनएलजी इन्स्योरेन्स: २०५ दाबी, ६० करोड ५८ लाख रुपैयाँ

 राष्ट्रिय बीमा कम्पनी: २४६ दाबी, ५८ करोड ४१ लाख रुपैयाँ

 नेपाल इन्स्योरेन्स: १०८ दाबी, ४८ करोड ८९ लाख रुपैयाँ

 प्रभु इन्स्योरेन्स: १११ दाबी, २१ करोड ८ लाख रुपैयाँ

त्यस्तै, नेसनल इन्स्योरेन्समा ८ करोड ५७ लाख र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड ४९ लाख रुपैयाँ बराबरको दाबी परेको छ। बाँकी तीन लघु बीमा कम्पनीमा १ करोडभन्दा कमको दाबी परेको छ।

बीमा भुक्तानीको अवस्था

हालसम्म सिद्धार्थ प्रिमियरले ७८ करोड, IGI प्रुडेन्सियलले ३० करोड २७ लाख, शिखर इन्स्योरेन्सले ४२ करोड २७ लाख, र हिमालयन एभरेष्टले २४ करोड ५३ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरिसकेका छन्। तर नेसनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले हालसम्म कुनै दाबी भुक्तानी गरेका छैनन्।

बीमा प्रकार अनुसार दाबी

 सम्पत्ति बीमा: ६७३ निवेदन, १९ अर्ब ७१ लाख रुपैयाँको दाबी, १ अर्ब ५५ करोड भुक्तानी

 मोटर बीमा: २,२५६ निवेदन, ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ दाबी, ३६ करोड २५ लाख भुक्तानी

 इन्जिनियरिङ तथा ठेक्का बीमा: १८२ निवेदन, ३३ करोड १७ लाख दाबी, ३ करोड ८१ लाख भुक्तानी

 परिवहन बीमा: १२ निवेदन, १ करोड ६३ लाख रुपैयाँ दाबी

 अन्य बीमा: ४० निवेदन, ३८ करोड ८६ लाख दाबी, २२ लाख ८२ हजार भुक्तानी

प्रदेश अनुसार बीमा दाबी

 बागमती प्रदेश: १,७०६ निवेदन, १७ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ

 कोशी प्रदेश: ३९४ निवेदन, २ अर्ब ३६ करोड ६६ लाख, २६ करोड ५४ लाख भुक्तानी

 गण्डकी प्रदेश: २१३ निवेदन, १ अर्ब ७१ करोड ६७ लाख, १० करोड ६५ लाख भुक्तानी

 मधेश प्रदेश: ६९ करोड ५५ लाख रुपैयाँ दाबी

 लुम्बिनी प्रदेश: ४७ करोड १९ लाख रुपैयाँ

 कर्णाली प्रदेश: १० करोड ७ लाख रुपैयाँ

 सुदूरपश्चिम प्रदेश: ३३ करोड ५६ लाख रुपैयाँ

जेनजी आन्दोलनपछि इन्स्योरेन्स कम्पनीहरूमाथिको दबाव बढेको छ भने भुक्तानी प्रक्रिया अझै सुस्त गतिमा अघि बढिरहेको देखिन्छ। बीमा दाबी छिटो, पारदर्शी र प्रभावकारी रुपमा निष्पादन गर्न बीमा प्राधिकरणले समेत चासो देखाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया