NIMB Header 2
Nepal Life

वाणिज्य बैंकहरूको नाफा घट्यो, १० वटाले मात्र नाफा बढाउन सके

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 19 09:39
वाणिज्य बैंकहरूको नाफा घट्यो, १० वटाले मात्र नाफा बढाउन सके
National Life

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा देशका २० वटा वाणिज्य बैंकहरूले जम्मा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले घटेको हो। गत वर्षको भदौ मसान्तसम्म बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका थिए।

NIMB

नेपाल राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा १० वटा बैंकहरूको नाफा घटेको छ भने १० वटाको बढेको छ। सबैभन्दा धेरै नाफा वृद्धि गर्न सफल बैंकहरूमा क्रमशः सिद्धार्थ बैंक, एमएबी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन्। यी बैंकहरूको नाफा अधिकतम ४० प्रतिशतसम्मले वृद्धि भएको देखिएको छ। अर्कोतर्फ, सबैभन्दा धेरै नाफा घटेका बैंकहरूमा क्रमशः हिमालयन बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्रभु बैंक र नबिल बैंक रहेका छन्, जसको नाफा अधिकतम ६८ प्रतिशतसम्मले घटेको छ।

नाफा रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा छ। बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले बढी हो। गत वर्षको भदौ मसान्तमा बैंकको नाफा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ थियो।

नबिल बैंक १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ नाफा सहित दोस्रो स्थानमा रहँदा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा सहित तेस्रो स्थानमा रहेको छ। यद्यपि दुवै बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा क्रमशः २०.०९ प्रतिशत र १०.५१ प्रतिशतले घटेको हो।

अन्य बैंकहरूको नाफा विवरण हेर्ने हो भने, चौथो स्थानमा कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख, पाँचौँ स्थानमा प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख, छैटौँ स्थानमा एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख, सातौँ स्थानमा लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख, आठौँ स्थानमा एभरेष्ट बैंकले ९१ करोड २८ लाख, नवौँ स्थानमा राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख र दशौँ स्थानमा सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

नाफा वृद्धिदर हेर्दा, सिद्धार्थ बैंक अग्रस्थानमा छ। बैंकले गत वर्षको तुलनामा ४०.१७ प्रतिशतले नाफा वृद्धि गरी ८४ करोड ९० लाख रुपैयाँ कमाएको छ। नेपाल बैंकले २४.२७ प्रतिशतले वृद्धि गरी नाफा ८४ करोड २८ लाख पुर्याएको छ। लक्ष्मी सनराइज बैंकको नाफा १२.६७ प्रतिशतले बढ्दै ९७ करोड ४१ लाख, एभरेष्ट बैंकको १०.५७ प्रतिशतले बढ्दै ९१ करोड २८ लाख, माछापुच्छ्रे बैंकको २.७९ प्रतिशतले बढ्दै ४८ करोड १९ लाख, सानिमा बैंकको ४.६८ प्रतिशतले बढ्दै ७२ करोड १५ लाख र राष्ट्रिय वाणिज्य बैंकको ०.६३ प्रतिशतले बढ्दै ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

यता, सबैभन्दा धेरै नाफा घट्ने बैंकको सूचीमा हिमालयन बैंक पहिलो स्थानमा छ। बैंकको नाफा ६८.२६ प्रतिशतले घटेर ३७ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ। नेपाल एसबीआई बैंकको नाफा ३३.५९ प्रतिशतले घटेर ३५ करोड ४५ लाख रुपैयाँमा झरेको छ। कृषि विकास बैंकको नाफा ३३.५० प्रतिशत घटेर ५८ करोड ९८ लाख, प्रभु बैंकको २५.९७ प्रतिशतले घटेर ६७ करोड ६० लाख, एनआइसी एशिया बैंकको १४.२६ प्रतिशतले घटेर ४९ करोड ५१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंकको दुवै नाफा १२.२१ प्रतिशत र ५.६० प्रतिशतले घटेर ५३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

नाफाको समग्र अवस्थाबाट हेर्दा, केही बैंकहरूले उच्च नाफा आर्जन गर्न सफल भए पनि धेरै बैंकहरू अझै चुनौतीपूर्ण अवस्थामा रहेको प्रष्ट देखिन्छ। आगामी महिना तथा त्रैमासिक वित्तीय विवरणहरूमा बैंकहरूको रणनीति तथा नाफामा कस्तो प्रभाव पर्छ भन्ने कुराले भविष्यको आर्थिक धारणा तय गर्नेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया