NIMB Header 2
Nepal Life

सानिमा बैंकको निष्कृय कर्जा ५ अर्ब नाघ्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 19 22:37
सानिमा बैंकको निष्कृय कर्जा ५ अर्ब नाघ्यो
National Life

काठमाडौं, १९ असोज – कहिल्यै निष्कृय कर्जा (NPL) व्यवस्थापनमा उत्कृष्ट मानिँदै आएको सानिमा बैंक पनि अब वित्तीय दबाबमा परेको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले देखाएको तथ्याङ्कअनुसार, बैंकको निष्कृय कर्जा तथा सापटी रकम झण्डै ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ३५ करोड को तुलनामा उल्लेख्य वृद्धि हो।

NIMB

प्रभावी ब्याज दर गणना नगरी ‘कुपन’ ब्याज दर प्रयोग

बैंकले कर्जा तथा सापटीको मापन NFRS 9 अनुसार परिशोधित लागतमा गरेको छ। तर, प्रभावी ब्याज दर छुट्टै रूपमा गणना नगरी कुपन ब्याज दर अपनाइएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले आ.व. २०८२/८३ सम्मको लागि यस्तो ब्यवस्था गर्न अनुमति (carve-out) दिएको छ।

स्टेज ३ अन्तर्गतका कर्जाबाट रु. ६८.१४ करोड नगद नआउँदा ब्याज लेखाङ्कन रोकिएको Interest Income Recognition, 2025 अनुसार, स्टेज ३ अन्तर्गत पर्ने कर्जाको ब्याज आम्दानी नगद आधारमा मात्रै लेखाङ्कन गर्न पाइन्छ। त्यसअनुसार, बैंकले यो वर्ष रु. ६८.१४ करोड बराबरको ब्याज आम्दानी नगदमा प्राप्त नभएपछि लेखाङ्कन नगरेको हो।

क्षय नोक्सानी (Impairment Loss) मा उच्च वृद्धि

NFRS 9 – Expected Credit Loss मोडेल अनुसार, सानिमा बैंकले कर्जा तथा सापटीमा हुने सम्भावित नोक्सानीको व्यवस्था रु. ५०५.४२ करोड गरेको छ, जुन अघिल्लो वर्षको रु. २१५.०७ करोड को तुलनामा दोब्बरभन्दा बढी हो।

त्यस्तै, नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार गणना गर्दा यो रकम रु. ६८०.५४ करोड पुगेको छ। अघिल्लो वर्ष यो रु. ४७५.१५ करोड थियो।

 

बैंकले NFRS 9 को परिच्छेद ५.५ र राष्ट्र बैंकको निर्देशन नं. २ अनुसार जुन मापदण्ड अनुसारको रकम बढी हुन्छ, त्यही अनुसार क्षय नोक्सानीको व्यवस्था गरेको छ। साथै, ICAN द्वारा अनिवार्य गरिएका प्रावधानहरू पनि पूर्ण रूपमा पालन गरिएको देखिन्छ।

गैरकोषीय दायित्वहरू पनि उच्च

सानिमा बैंकको गैरकोषमा आधारित सुविधा अन्तर्गत रु. २९.२७ अर्ब बराबरको बैंक जमानत, प्रतितपत्र, अग्रिम विनिमय सम्झौता, तथा कर्जा प्रतिबद्धता रहेका छन्। यी बैंकको दीर्घकालीन दायित्वको सूचक हुन्।

धितो मूल्याङ्कन र पुनस्र्थापित सम्पत्ति व्यवस्थापनमा पनि चनाखो

बैंकले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रकारका धितो लिएको छ – नगद, घरजग्गा, स्टक, ग्यारेन्टीपत्र आदि। गैर बैंकिङ्ग सम्पत्तिका रूपमा वर्गीकृत भएका सम्पत्तिहरूको मूल्याङ्कन गर्दा बजार मूल्य वा ऋणीबाट असुल गर्न बाँकी रकममध्ये जुन कम हुन्छ, त्यसअनुसार मूल्याङ्कन गरिएको छ।

सानिमा बैंकजस्तो विगतमा राम्रो वित्तीय अनुशासनमा रहेको संस्था अहिले उच्च निष्कृय कर्जा, ब्याज आम्दानीमा गिरावट, र उच्च क्षय नोक्सानी व्यवस्था जस्ता चुनौतीको सामना गर्दैछ। यस्ता वित्तीय सूचकहरू बैंकको ऋण व्यवस्थापन प्रणालीमा गम्भीर सुधार आवश्यक भएको संकेत दिन्छन्। यदि यथाशीघ्र सुधार प्रयास नगरेमा यसले बैंकको लाभांश, बजार मूल्य र ग्राहक विश्वासमा समेत असर पुर्याउन सक्छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया