NIMB Header 2
Nepal Life

शेयरधितो कर्जामा लगानीकर्ताको पहिलो रोजाइमा नबिल बैंक, सरल र सहज रुपमा कर्जा प्रवाह

National Life
  • BFIS News
  • 2025 Oct 22 18:01
शेयरधितो कर्जामा लगानीकर्ताको पहिलो रोजाइमा नबिल बैंक, सरल र सहज रुपमा कर्जा प्रवाह
Sanima Reliance

काठमाडौं। शेयरधितो कर्जामा लगानीकर्ताको पहिलो रोजाइमा नबिल बैंक परेको छ। बैंक वित्तीय संस्थाहरु मध्ये नबिलले मार्जीन प्रकृतिको कर्जामा सर्वाधिक धेरै १६ अर्ब ४३ करोड रुपैयाँ प्रवाह गरेको छ। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को दुइ महिनासम्ममा एक खर्ब ४५ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। जसमा नबिल बैंक एक्लैको हिस्सा ११.२९ प्रतिशत रहेको छ।

Shikhar
NIMB

नबिल बैंकले शेयर धितो कर्जामार्फत लगानीकर्तालाई आफ्नै सेयर होल्डिङ्समा आधारित भएर शेयर बजारमा प्रवेश गर्ने अवसर प्रदान गर्दै आइरहेको छ। शेयर लोन नामक प्रोडक्ट नै तयार पारेर बैंकले नेप्सेमा सूचिकृत कम्पनीको शेयर नै धितोमा राखेर माग अनुसार नियमले मिलेसम्म कर्जा उपलब्ध गराउने गरेको छ। जसले लगानीकर्ताहरुलाई आफ्नो लगानी विविधीकरण गर्न र उच्च प्रतिफल आर्जन गर्न सहयोग पुर्‍याएको छ। 

नबिल शेयर लोनको आकर्षक पक्षहरूमा प्रतिस्पर्धात्मक ब्याजदर, न्यूनतम सेवा शुल्क, वार्षिक नवीकरणीय सुविधा, छिटो स्वीकृति प्रक्रिया र पारदर्शी कर्जा व्यवस्थापन प्रणाली छन्। साथै, देशभरका शाखा सञ्जालमार्फत सजिलै यस्तो सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।  

बैंकका अनुसार, शेयरको मूल्यांकन औसत १८० दिनको औषत मूल्य वा न्यूनतम बजार मूल्य जुन कम हुन्छ त्यसका आधारमा कर्जा मूल्याङ्कन गरिन्छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार मूल्याङ्कनको अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा प्रदान गर्दै आएको छ। कर्जाको ब्याज तिर्न त्रैमासिक र मूलधन वार्षिक रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ।  

ग्राहकले कर्जा आवेदनका लागि डिम्याट खाता विवरण, नागरिकता प्रमाणपत्र, प्यान कार्ड, फोटो र आवेदन फाराम बुझाउनुपर्नेछ। सेवा शुल्क कर्जा रकमको ०.७५ प्रतिशत, प्रतिबद्धता शुल्क अनुत्पादित सीमा ६० प्रतिशतभन्दा कम उपयोग भएको अवस्थामा ०.१५ प्रतिशत, र अन्य शुल्क नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लागु हुने बैंकले जनाएको छ। नबिल बैंकको आफ्नै लगानीमा नागरिक स्टक डिलर समेत रहेको छ। बैंकले शेयर बजारलाई पनि लगानीको प्रमुख केन्द्र बनाउदै आइरहेको छ। कर्जा मध्ये शेयरधितो कर्जा सबैभन्दा सुरक्षित मानिन्छ। 

बैंक वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा

बैंक वित्तीय संस्थाहरुमा विद्यमान शेयरधितो कर्जाको व्याजदर 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया