NIMB Header 2
Nepal Life

बुटवल पावर कम्पनीले नयाँ आयोजनाको खरिद प्रकृया अगाडि बढाउन डाक्यो विशेष साधारण सभा

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 26 12:51
बुटवल पावर कम्पनीले नयाँ आयोजनाको खरिद प्रकृया अगाडि बढाउन डाक्यो विशेष साधारण सभा
Everest Bank

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (BPC) ले नयाँ आयोजना खरिद प्रक्रिया अघि बढाउने उद्देश्यले विशेष साधारण सभा बोलाएको छ। कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कार्तिक २१ गते विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

सभा क्वालिटी ब्याङक्वेट, बुद्धनगर, काठमाडौंमा बिहान ११:०० बजे सुरु हुने कम्पनीले जनाएको छ। सभामा दुईवटा विशेष प्रस्तावहरू पेश गरिने भएका छन्। पहिलो प्रस्तावअनुसार, हिमाल पावर लिमिटेडमा रहेको Statkraft Holding Singapore Pte. Ltd. को सम्पूर्ण शेयरहरू Eviny AS बाट खरिद गर्ने तथा उक्त कारोबार सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिनेछ।

दोस्रो प्रस्तावअनुसार, कावेली इनर्जी लिमिटेडमा कम्पनीका नाममा रहेका सम्पूर्ण शेयरहरू अरुण कावेली पावर लिमिटेडलाई बिक्री गर्ने र उक्त कारोबार सम्पन्न गर्नका लागि आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिनेछ।

कम्पनीले जानकारी दिएअनुसार, शेयरधनी दर्ता किताब मिति २०८२ साल असोज १३ गते (अक्टोबर ३०, २०२५) सम्मका शेयरधनीहरू मात्र सभामा उपस्थित रहन र मतदान गर्न योग्य हुनेछन्।

कुनै शेयरधनी स्वयं उपस्थित हुन नसकेमा प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ। संस्थागत शेयरधनीको हकमा सम्बन्धित संस्थाको आधिकारिक प्रतिनिधिले सभामा भाग लिन सक्नेछन्।

सभाको दिन हाजिरी पुस्तिका बिहान ९:०० बजेदेखि अपरान्ह १२:०० बजेसम्म खुला रहनेछ। सभामा सहभागी हुनका लागि परिचय खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने कम्पनीले जनाएको छ।

अधिक जानकारीका लागि कम्पनीको रजिष्ट्रर्ड कार्यालय, बुद्धनगर, काठमाडौं वा शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया