सुन बजारमा लगातार ओरालो, चाँदीमा देखियो वृद्धि
- BFIS News
- 2025 Oct 29 12:43
 
                    
काठमाडौँ, कात्तिक १२ गते । पछिल्ला चार दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको हो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत आइतबार प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर दुई लाख ४१ हजार नौ सय रुपैयाँमा झरेको सुन सोमबार फेरि दुई हजारले घट्दै दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि मंगलबार पुनः प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेपछि सुनको मूल्य दुई लाख ३७ हजार रुपैयाँमा पुगेको थियो भने बुधबार थप सात सय रुपैयाँले घट्दै दुई लाख ३६ हजार तीन सय रुपैयाँमा झरेको हो ।
यता, चाँदीको मूल्य भने आज बढेको छ । मंगलबार प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज वृद्धि भई दुई हजार ९६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
 
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                            









प्रतिक्रिया