Nepal Life

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको निवेदनमा आज उच्च अदालतमा सुनुवाइ

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 13:46
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको निवेदनमा आज उच्च अदालतमा सुनुवाइ
United Ajod

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले दायर गरेको निवेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

Shikhar
Nepal Life
NIMB

उक्त निवेदनमा आजका लागि पेसी तोकिएको हो। रायमाझीको निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइ भइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा रायमाझी हाल पुर्पक्षका लागि थुनामा रहेका छन्। अदालतको आजको सुनुवाइले प्रकरणको आगामी कानुनी प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया