Nepal Life

जेन–जी आन्दोलनमा सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 14:58
जेन–जी आन्दोलनमा सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति
United Ajod

काठमाडौँ। जेन–जी आन्दोलनका बेला सार्वजनिक संस्थानमा करिब ९५ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ।

Shikhar
Nepal Life
NIMB

सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानमा भएको कुल क्षतिमा भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधनतर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्तितर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत क्षति भएको छ। प्रतिवेदनअनुसार नेपाल सरकार अन्तर्गतका २६ भवन र प्रदेश सरकार मातहतका ३ भवनमा क्षति पुगेको छ, जसको मूल्य करिब ४१ करोड २४ लाख रुपैयाँ रहेको छ। यसैगरी, संस्थानका करिब १०९ वटा सवारी साधनमा क्षति भएको छ, जसको मूल्य करिब १४ करोड ३६ लाख रुपैयाँ छ।

यस्तै, निजी तथा सामुदायिक क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको प्रतिवेदनले देखाएको छ। निजी प्रतिष्ठान तथा घर परिवारमा ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँको क्षति भएको छ।

प्रतिवेदन अनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी तथा अस्थायी सम्पत्तिमा कुल २७ अर्ब ४९ करोड ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९.८ प्रतिशत हो। निजी क्षेत्रले व्यहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षति सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ। त्यसपछि अन्य भौतिक सम्पत्ति २७.४ प्रतिशत, अस्थायी तथा अन्य निजी सम्पत्ति २१.७ प्रतिशत र सवारी साधन ३.४ प्रतिशत क्षतिग्रस्त भएको देखिएको छ।

समग्र रूपमा, भवन र स्थायी सम्पत्तिमा बढी क्षति भएकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष असर परेको प्रतिवेदनमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया