Nepal Life

२७–४६ वर्षका व्यक्तिमा आर्थिक वचत बढी, युवा र वृद्धमा जीवनचक्र घाटा: राष्ट्रिय तथ्यांक कार्यालय

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 16:06
२७–४६ वर्षका व्यक्तिमा आर्थिक वचत बढी, युवा र वृद्धमा जीवनचक्र घाटा: राष्ट्रिय तथ्यांक कार्यालय
United Ajod

काठमाडौं ।  राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार नेशनल ट्रान्सफर एकाउण्ट (एनटीए) प्रतिवेदन सार्वजनिक गर्दै २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक वचत हुने देखिएको जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

प्रतिवेदनअनुसार, नेपालको २०७८/७९ को नेशनल ट्रान्सफर एकाउण्ट अनुमानले जनसांख्यिक परिवर्तनका आर्थिक प्रभावहरू स्पष्ट रूपमा देखाएको छ। तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले सो प्रतिवेदन प्रस्तुत गर्दै अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा पाइएको बताए।

लामिछानेका अनुसार, प्रतिवेदनले श्रम आम्दानी र उपभोगबीचको ठूलो असन्तुलन देखाउँछ। युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटा उच्च देखिएको छ। उनले भने, “मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा वृद्धि गर्न यस सूचनाले महत्वपूर्ण मार्गदर्शन दिनेछ।”

प्रतिवेदनले काम गर्ने उमेर समूहको श्रम बजार सहभागिता अभिवृद्धि, सीप विकास प्रवद्र्धन र सामाजिक सुरक्षा प्रणाली सुधार आवश्यक रहेको औँल्याएको छ। यसबाट अन्तरपीढी आर्थिक स्थायित्व सुनिश्चित गर्न आधार तयार गर्न सकिने पनि प्रतिवेदनले जनाएको छ।

आगामी दिनहरूमा नेशनल ट्रान्सफर एकाउण्ट अनुमानको थप अध्ययन र अनुसन्धानमार्फत सम्पत्ति आधारित पुनर्वितरण र हस्तान्तरणको समग्र आर्थिक प्रवाहको चित्र तयार गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ। साथै, नियमित श्रम तथ्यांक र उपभोग खर्च सर्वेक्षण सञ्चालन गरी नेशनल ट्रान्सफर एकाउण्टलाई विस्तृत खाका तयार गर्नुपर्ने, लैङ्गिक तथा सामाजिक सवालहरूमा प्राज्ञिक पृष्ठपोषण उपलब्ध गराउन सकिने निष्कर्ष पनि प्रतिवेदनमा समावेश छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया