Nepal Life

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

NMB Bank
  • BFIS News
  • 2026 Jan 10 10:39
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने
United Ajod

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। आयोजकका अनुसार पौष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्त परेडमा हजारौँ नेपालीको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन कुनै औपचारिक प्रक्रिया आवश्यक नपर्ने जनाउँदै सर्वसाधारणलाई स्वस्फूर्त रूपमा उपस्थित भई सहभागिता जनाउन आह्वान गरिएको छ।

आयोजकले परेडमा सहभागी सबैलाई आ–आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाउन आग्रह गरेका छन्। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने यो परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण तथा वाचन, साथै विविध रचनात्मक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ।

पृथ्वी नारायण शाहद्वारा निर्माण गरिएको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर एकता परेड आयोजना गर्न लागिएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतनाको अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

एकता परेडमा स्वयंसेवकका रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गर्नेछ। संस्थाका प्रवक्ता विजय शाहका अनुसार पौष २७ गते नेपालको सबैभन्दा महत्वपूर्ण दिन हो। “हामी विभिन्न दल, समूह वा समुदायका नाममा विभाजित भए पनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिनु आजको आवश्यकता हो,” उनले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया