Nepal Life

नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो, हेर्नुहोस् कहाँ को लड्दै छन् चुनाव (सूचिसहित)

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 17:46
नेकपाद्वारा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो, हेर्नुहोस् कहाँ को लड्दै छन् चुनाव (सूचिसहित)
United Ajod

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ।

Shikhar
Nepal Life
NIMB

१८ भन्दा बढी दल एकतापछि बनेको नेकपाले सोमबारसम्म पार्टीको तर्फबाट चुनाव लड्ने उम्मेदवारहरूको अन्तिम सूची तयार पारेको हो। यद्यपि सप्तरी–४, सर्लाही–४, रसुवा–१ र ललितपुर–२ निर्वाचन क्षेत्रमा भने उम्मेदवार टुंग्याउन बाँकी रहेको पार्टीले जनाएको छ।

राजधानीबाट टाढा रहेका जिल्लामा उम्मेदवार बन्ने नेताहरूलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएर टिकट वितरण गरेका थिए।

संयोजक प्रचण्ड यसपटक पूर्वी रूकुम निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रने भएका छन् भने सह–संयोजक माधवकुमार नेपाल रौतहट–१ बाटै उम्मेदवार बन्ने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।

यी हुन् नेकपाले विभिन्न निर्वाचन क्षेत्रमा टुंग्याएका उम्मेदवारहरू

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया