Nepal Life

मोरङ ३ मा नेपाली कांग्रेसबाट सुनिल शर्मा उम्मेदवार

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 18:01
मोरङ ३ मा नेपाली कांग्रेसबाट सुनिल शर्मा उम्मेदवार
United Ajod

काठमाडौं। मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट डाक्टर सुनिल शर्मा उम्मेदवार हुने भएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ।

Shikhar
Nepal Life
NIMB

शर्माको नाम पार्टीका तल्ला तहबाट एकल रूपमा सिफारिस भएर आएको थियो। पार्टीबाट औपचारिक रूपमा टिकट पाएपछि उनी मोरङ प्रस्थान गरिसकेका छन्। शर्मा कांग्रेस नेता डा. शेखर कोइरालानिकट मानिन्छन्। नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार तय गर्ने परम्परा अनुसार शर्मालाई उम्मेदवार बनाएको हो।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि शर्मा यही क्षेत्रबाट निर्वाचित भएका थिए। सो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए। शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र प्राप्त गरेका थिए। राप्रपाकी उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो स्थानमा सीमित भएकी थिइन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२ मत तथा मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १ हजार ५२० मत पाएका थिए। २०७४ सालको निर्वाचनमा भने ढकालले नै शर्मालाई पराजित गरेका थिए। २०७९ मा ढकाललाई पराजित गर्दै शर्माले बदला लिएका थिए। डाक्टर शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया