Nepal Life

नेपाली कांग्रेसले कोशी प्रदेशका १२ क्षेत्रको उम्मेदवार टुंगो लगायो

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 21:22
नेपाली कांग्रेसले कोशी प्रदेशका १२ क्षेत्रको उम्मेदवार टुंगो लगायो
United Ajod

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका १२ निर्वाचन क्षेत्रको प्रतिनिधि उम्मेदवारको टुंगो लगाएको छ। पहिलो चरणमा पार्टीले हिमाली र पहाडी जिल्लाका उम्मेदवारलाई प्राथमिकता दिँदै आफ्नो सूची सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

पार्टीले धनकुटा निर्वाचन क्षेत्रमा जिल्ला सभापति दिने राईलाई उम्मेदवार बनाएको छ भने तेह्रथुममा कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले टिकट पाएका छन्।

यसैगरी, पाँचथरमा नरेन्द्र केरुङ, ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, इलाम-१ मा निष्कल राई, र इलाम-२ मा वरिष्ठ नेता भेषराज आचार्य उम्मेदवार बन्न पुगेका छन्।

उदयपुर-१ मा विदुर बस्नेत, उदयपुर-२ मा रामकुमार राई, खोटाङमा वीरकाजी राई, ओखलढुंगामा रामहरि खतिवडा, सोलुखुम्बुमा प्रकाशजंग कार्की, र मोरङ-३ मा सुनिल शर्माले टिकट पाएका छन्।

यद्यपि मोरङ-३ बाहेक झापा, मोरङ र सुनसरीका १४ निर्वाचन क्षेत्रका उम्मेदवारहरू अझै टुंगो लाग्न बाँकी छन्। साथै संखुवासभा र भोजपुर जिल्लाका उम्मेदवार पनि छिट्टै घोषणा हुने अपेक्षा गरिएको छ।

कांग्रेसका शीर्ष नेताहरूले हिमाली तथा पहाडी जिल्लामा बलियो उम्मेदवार खडा गरेर चुनावी तयारीलाई गति दिने रणनीति बनाएको विश्लेषकहरूले बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया