Nepal Life

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि २ हजार ६ सय ५५ जनाको उम्मेदवारी दर्ता

NMB Bank
  • BFIS News
  • 2026 Jan 20 19:29
फागुन  २१ को प्रतिनिधि सभा निर्वाचनका लागि २ हजार ६ सय ५५ जनाको उम्मेदवारी दर्ता
United Ajod

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

उनका अनुसार केही जिल्लामा अझै पनि मनोनयन दर्ताको प्रक्रिया जारी रहेकाले उम्मेदवारको संख्या थप बढ्न सक्नेछ। हालसम्म दर्ता भएका उम्मेदवारमध्ये २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेका छन्। प्रवक्ता भट्टराईले महिलाको सहभागिता अत्यन्त न्यून रहेको बताए।

उनले भने, “कतिपय जिल्लामा अहिले पनि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्य जारी छ। हामीले केहीबेरअघिसम्मको तथ्यांकका आधारमा जानकारी दिएका हौँ। अहिलेसम्म जम्मा २ हजार ६ सय ५५ जनाले मनोनयन दर्ता गराउनुभएको छ, जसमा पुरुष २ हजार ३ सय ५२ र महिला ३ सय ३ जना हुनुहुन्छ। यो संख्या अझै बढ्न सक्छ।”

प्रवक्ता भट्टराईका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली मङ्गलबार साँझ ८ बजेभित्र प्रकाशन गर्ने कार्यसूची रहेको छ। मनोनयन दर्ताको प्रक्रिया निरन्तर जारी रहेकाले केही स्थानमा ८ बजेसम्म समय लाग्न सक्ने पनि उनले बताए।

यस्तै, बुधबार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया