Nepal Life

ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडिएको तस्बिर सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2026 Jan 21 11:36
ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडिएको तस्बिर सार्वजनिक
United Ajod

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’मार्फत उक्त तस्बिर पोस्ट गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

सार्वजनिक तस्बिरमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन्। तस्बिरमा नजिकै रहेको एक संकेतपाटीमा ‘ग्रिनल्याण्ड–अमेरिकी भूभाग, स्थापना २०२६’ लेखिएको देखिन्छ।

त्यसै दिन ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गरेका छन्, जसमा उनी ह्वाइट हाउसको ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेटवार्ता गरिरहेको देखिन्छ। उक्त तस्बिरको पृष्ठभूमिमा राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डा मुनि समेटिएको देखाइएको छ।

यसैबीच, राष्ट्रपति ट्रम्पले मंगलबार नै ट्रुथ सोसियलमार्फत ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन वार्ता भएको जानकारी दिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया