Nepal Life

नेपाल लाइफ समृद्धि लगानी योजनाको आवेदन अवधि लम्बियो

NMB Bank
  • BFIS News
  • 2026 Jan 22 09:15
नेपाल लाइफ समृद्धि लगानी योजनाको आवेदन अवधि लम्बियो
United Ajod

काठमाडौं। नेपाल लाइफ क्यापिटल लिमिटेडले माघ ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ।

Shikhar
Nepal Life
NIMB

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ।

निष्काशन गरिएको कुल १६ करोड इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ। सुरक्षित गरिएका इकाईमध्ये १४ प्रतिशत (२ करोड २४ लाख इकाई) कोष प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत (१६ लाख इकाई) योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिएको क्यापिटलले जनाएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ। इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ।

म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा रेटिङ नेपालले कोष प्रवर्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ प्रदान गरेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया