Nepal Life

देशका विभिन्न प्रदेशमा वर्षा, हिमपात र असिनाको सम्भावना

NMB Bank
  • BFIS News
  • 2026 Jan 23 18:26
देशका विभिन्न प्रदेशमा वर्षा, हिमपात र असिनाको सम्भावना
United Ajod

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

विभागका अनुसार २०८२ माघ ९ गते (शुक्रबार) राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात तथा वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित असिना पर्न सक्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले मौसमको यस प्रकारको अवस्थाले दैनिक जनजीवन, यातायात, कृषि तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया