Nepal Life

संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औं शाखाको समुद्घाटन

NMB Bank
  • BFIS News
  • 2024 Feb 26 11:23
संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औं शाखाको समुद्घाटन
United Ajod

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । 

Shikhar
Nepal Life
NIMB

उक्त अवसरमा माननीय न्यायाधीश हरिप्रसाद फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको बर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरीबजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा  चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ्ग, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपु न.पा. वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादरु कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया