Nepal Life

एनआइएमबीले लाभांश नदिने, बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Feb 29 07:57
एनआइएमबीले लाभांश नदिने, बोलायो साधारणसभा
United Ajod

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औं वार्षिक साधारण सभा बोलाएको छ। फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते साधारणसभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै सञ्चालकसमितीको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ।
 
सेयरधनीहरुको हात भने यसपटक खाली हुने भएको छ। बैंकले लाभांश प्रस्ताव राखेको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया