Nepal Life

बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Mar 04 21:32
बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने
United Ajod

काठमाडौं । बैंक वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने तथा दुर्व्यवहार गर्ने व्यक्तिहरुलाई बर्दिया जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Shikhar
Nepal Life
NIMB

जिल्लामा पछिल्ला समय केही ब्यक्तिहरुले बैंक वित्तीय संस्थाका कर्मचारीहरु लाई धम्कि दिने जस्ता गतिविधि गरिरहेको भन्दै भन्दै सुरक्षाको माग गर्दै वर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गरेका थिए ।

कर्मचारीहरुको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसरी प्रतिवद्धता व्यक्त गर्नुका साथै जिल्ला प्रशासन कार्यालयले प्रेश विज्ञप्ती नै जारी गरि सबैलाई सचेत समेत गरेको छ ।

बर्दिया कर्मचारी मन्चका सदश्य खेमराज ओझाले जिल्लामा भइरहेका यस्ता गतिविधि अराजक भएको बताए । यसले कर्मचारीको मनोबलमा असर परेको तथा समग्र वित्तीय संस्थाको कारोबारमा असर पुग्न गई फेरि समाजमा मिटरब्याजिहरु सलबलाउने भन्दै ओझाले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा युनिक नेपाल लघुबित्तका डिसिओ तथा पोखरेल तथा स्वावलम्बन लघुबित्तका कलस्टर हेड चन्द्र थापाको सहभागिता थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया